दार्चुलामा आज ५ घण्टा विद्युत सेवा बन्द हुने

दार्चुला । नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रले शनिबार बिहान ९:३० बजेदेखि दिउँसो २:०० बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार बरमुडे क्षेत्रमा ३३ केभी लाइन तथा खलंगा बजार, व्यास र जौलजिवी फिडर ११ केभी लाइन नजिक परेका रुखबोट, बाँस तथा बुघट्ट्यान काट्ने (बुस कटिङ) र लाइन मर्मत कार्य हुने भएकाले सो अवधिभर विद्युत सेवा बन्द गर्न लागिएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा महाकाली नगरपालिका, व्यास, दुहु, नौगाड, मालिकार्जुन र लेकम गाउँपालिकाका विभिन्न स्थान प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

तोकिएको काम निर्धारित समयभन्दा अगाडि वा ढिलो सम्पन्न भएमा सोही अनुसार लाइन सञ्चालन हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्ने असुविधाप्रति दार्चुला वितरण केन्द्रले क्षमा मागेको छ ।

Share News