सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय रुपैयाँ बढेको हो ।

त्यसैगरी आज चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
 

Share News