काठमाडौं । दसैँको बिदापछि पुनः सुचारु भएको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ ।
असोज १२ गते तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम रहेको सुनको मूल्य आइतबार एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । असोज १२ मा तोलामा २ हजार ८१० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।