काठमाडौं । निरन्तरको वर्षाले आएको बाढीका कारण २ सय मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । शुक्रबारदेखि अविरल वर्षा हुँदा आएको बाढी पहिरोका कारण २०२.९६ मेगावाट क्षमताका १८ वटा हाइड्रोपावर कम्पनीहरूमा क्षति पुर्याएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीले १३ वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्याउँदा १०५.४ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । साथै, ९३ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन हाइड्रोमा क्षति पुर्याएको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार ४.५ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रो, ८ मेगावाटको हिमाल दोलखा हाइड्रो, २२ मेगावाट क्षमताको सानिमा माइ हाइड्रो, ७ मेगावाटको सानिमा माइ, ७.८ मेगावाटको सुपरमाइ हाइड्रो, ९.६ मेगावाटको सगरमाथा जलविद्युत कम्पनी, ३ मेगावाटको माइखोला हाइड्रो, ७.६ मेगावाटको सानभी इनर्जी, ५.२ मेगावाटको सानभी इनर्जी, ६.२ मेगावाटको एसिएन हाइड्रोपावर, ९.५ मेगावाटको सामलिङ पावर, ९.९ मेगावाटको पञ्चकन्या माइ हाइड्रो, ५.१ मेगावाटको माइ भ्याली हाइड्रोमा बाढीले क्षति पुर्याउँदा उत्पादन बन्द भएको छ ।
४.५ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोको इन्टेक, पावरहाउस, सवस्टेसनमा, ८ मेगावाटको हिमाल दोलखाको पावरहाउस र सवस्टेसनमा, २२ मेगावाटको सानिमा माइ हाइड्रोको कलभर्टमा क्षति पुर्याएको इप्पानले जनाएको छ ।
यस्तै, सुपरमाइ हाइड्रोको हेडबक्र्स, एरियल गेटमा, सगरमाथा जलविद्युतको प्रोटेक्सन वाल, टेलरेस र प्रसारणलाइनमा, माइखोला हाइड्रोको पावर हाउस र प्रसारण लाइन, ७.६ मेगावाटको सानभी इनर्जीको हेडबक्र्स, पावर हाउसमा र ५.२ मेगावाटको सानभी इनर्जीको हेडबक्र्स र डिसेन्डरमा क्षति पुर्याएको छ ।
यस्तै, एसिएन हाइड्रोको हेडबक्र्स, सामलिङ पावरको हेडबक्र्स, इन्टेक, पाइपलाइन, टेलरेस र पावर हाउसमा, पञ्चकन्या माइ हाइड्रोको हेडबक्र्स र माइ भ्याली हाइड्रोको पावर हाउसमा पानी छिरेर उत्पादन बन्द भएको छ ।
इप्पानका अनुसार निर्माणाधीन अवस्थामा रहेको २१.५ मेगावाटको अर्बिट इनर्जीको पहुँचमार्ग, निर्माण सामाग्री बगाएको छ ।
यस्तै, ९.९ मेगावाटको ह्याबिटाट पावरको हेडबक्र्स र पहुँचमार्गमा क्षति पुर्याउँदा विद्युत उत्पादनमा ढिलाइ हुने जनाएको छ ।
यस्तै, १० मेगावाटको सिद्धि हाइड्रोपावरको हडे वक्सट, पावर हाउस, क्याम्प, अलाइगमेन्ट र रोडमा क्षति पुर्याउँदा १० दिनमा हुने सिओडी अनिश्चित बनेको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार ३६.५१ मेगावाटको ब्रम्हायणी हाइड्रो र १५.१५ मेगावाटको इन्टिक्रेटेड हाइड्रो फण्डको एक्सेस रोड र निर्माण सामाग्रीमा क्षति पुर्याएको हुँदा विद्युत उत्पादनमा ढिलाई हुनेछ ।