काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलनमा हराएका हतियार फेरि पड्किन सक्ने तर्फ सचेत गराएका छन् । भदौ २३ र २४ गते लुटिएका हतियारहरू फेरि पड्किए भने त्यसको परिणाम दुरूह हुन सक्ने दाबी गरेका छन् ।
एमाले मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले सबै दोषीलाई कारबाही गर्न माग गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको नाम लिँदै बस्नेतले सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप समेत लगाएका छन् ।
बस्नेतले पत्रकार सम्मेलनमार्फत आफूलाई पक्राउ गरेर देखाउन चुनौती समेत दिएका छन् । अनेरास्ववियुले काठमाडौंका मेयर बालेन शाहलगायतका विरुद्ध उजुरी परेको अवस्थामा समेत उनीहरूलाई पक्रिन चुनौती दिएका छन् ।
बस्नेतले एमाले पार्टी कार्यालय र नेताहरूका घर जलाउने मानिसहरू चिनेको बताउँदै त्यसको हिसाब गरिने समेत बताएका छन् ।