काठमाडौं । नेपालले मलेसियाविरुद्ध महिला टी २० अन्तर्राष्ट्रिय सिरिज सिरिज जितेको छ । पाँचौं तथा अन्तिम निर्णायक खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो ।
नेपालले मलेसियालाई ३–२ ले जितेको हो ।
निर्णायक खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा नायक बनेकी रुबी पोदारले सर्वाधिक २६ रन बनाएर नेपालको जितलाई सहज बनाइन् ।
पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् ।
बलिङमा नेपालकी कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिए ।
यसभन्दा अगाडिको खेलमा कप्तान इन्दु वर्माले अन्तर्राष्ट्रिय एक हजार रन पूरा गरिसकेकी छन् ।