काठमाडौं । दर्ता नै नभएका पशु औषधि अवैध रूपमा आयात गरेको आरोपमा कान्तिपुर भेट डिष्ट्रीब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन् ।
नेपाल प्रहरीले जनाएको अनुसार, सुवेदीले भन्सार शुल्क लाग्ने गरी औषधि आयात गर्न सिफारिस पत्र कीर्ते बनाएर अवैध रूपमा पशु औषधि भित्र्याएको आरोपमा पक्राउ गरिएको हो ।
कानुनी प्रक्रिया अन्तर्गत लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको र त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो (शुक्रबार) काठमाडौंको शंखमुलबाट उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।