२ महिनामा १५ हजार बीमितले त्यागे बीमा पोलिसी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौ) सम्ममा १५ हजार ८९८ बीमितले २ अर्ब ५० करोड ७ लाख रुपैयाँ पोलिसी सरेण्डर अर्थात बीमालेख समर्पण गरेका छन् ।

चालु आवको २ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ९.१८ प्रतिशतले र पोलिसी सरेण्डर संख्या १९.४७ प्रतिशतले घटेको छ ।

प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिबिम्मअनुसार गत आवको यही अवधिमा १९ हजार ७४१ बीमितले २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका थिए । दुई महिनाको अवधिमा तोकिएको समयमा पोलिसी नवीकरण र किस्ता नतिर्ने बीमितको संख्यामा वृद्धि भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार चालु आवको २ महिनामा १२ लाख १३ हजार ५६२ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ ।

गत आवको यही अवधिमा ११ लाख ८० हजार ६१६ बीमालेख व्यतित भएका थिए । व्यतित बीमालेख रकम ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ थियो । 

Share News