काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार ३ कम्पनीलाई दुई वर्षका लागि र १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।
कार्यालयका अनुसार काम सन्तोषजनक नभएका कम्पनीहरूलाई नियमअनुसार कालोसूचीमा राख्ने गरिएको छ। कालोसूचीमा परेका कम्पनीहरूले सो अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ ।
