काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा बीमा प्राधिकरणमा ४२६ वटा उजुरी दर्ता भएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा र गत आवको ३९४ गरी कुल ४२६ वटा उजुरी दर्ता भएको हो ।
जसमध्ये २३ वटा उजुरीको फैसला र ४ वटाको सहमति गरी २७ वटा उजुरी फर्छ्यौट भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार फर्छ्यौट हुन बाँकी उजुरीको संख्या ३९९ वटा रहेको छ ।
गत आवको यही अवधिमा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए । जसमध्ये ८५ वटा उजुरीको फैसला र ४६ वटा उजुरीको सहमति गरी १३१ वटा उजुरी प्राधिकरणले फर्छ्यौट गरेको थियो । बाँकी रहेको ३९४ वटा उजुरी चालु आर्थिक वर्षमा सरेर आएका हो ।