बलिउडका उम्दा कलाकार असरानीको निधन

काठमाडौं । बलिउडका उम्दा कलाकार असरानीको निधन भएको छ । 

स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना भएका असरानीको सोमबार दिउँसो ३ देखि ३:३० बजेको बीचमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनको ८४ वर्षको उमेरमा उनको निधन भएको हो । उनको दाहसंस्कार सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा गरिय ।

असरानीको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो । सन् १९६७ मा उनले काँच की चुँडियामार्फत सिनेयात्रा तय गरेका थिए । 

उनले ३५० भन्दा बढी हिन्दी फिल्ममा काम गरिसकेका छन् ।

Share News