यी हुन् बढी वैदेशिक व्यापार गर्ने भन्सार कार्यालय

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन-असोज) महिनासम्ममा देशभरका २८ भन्सार कार्यालयबाट ४ खर्ब ६८ अर्ब ८ करोड ८ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ ।

भन्सार विभागका अनुसार असोजसम्ममा सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट २ खर्ब १८ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । त्यसैगरी धेरै वस्तु तथा सेवा त्रिभुवन विमानस्थलबाट भित्रिएको छ । असोजसम्ममा उक्त कार्यालयबाट ५३ अर्ब २० करोड ९३ लाख रुपैयाँ आयात भएको छ ।

तीन महिनामा चोभार भन्सारबाट १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको वस्तु तथा सामान भित्रिएको छ । विभागको तथ्यांक अनुसार चोभार भन्सार कार्यालयबाट १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ, भैरहवा भन्सारबाट ७१ अर्ब ६० करोड रुपैयाँ, विराटनगर भन्सारबाट ५८ अर्ब ७६ करोड रुपैयाँ, मेची भन्सारबाट १२ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ, तातोपानीबाट ९ अर्ब ४४ करोड रुपैयाँ, कृष्णनगर भन्सार कार्यालयबाट ६ अर्ब ९ करोड ४६ लाख रुपैयाँ, कैलाली भन्सार कार्यालयबाट ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ,  मुस्ताङ भन्सार कार्यालयबाट ५ अर्ब २७ करोड ९० लाख रुपैयाँ वस्तु तथा सामान भित्रिएको छ । 

जलेश्वर भन्सार कार्यालयबाट १ अर्ब ९० करोड ६६ लाख रुपैयाँ, सर्लाही भन्सारबाट ६८ करोड ४६ लाख रुपैयाँ, सुनसरी भन्सार कार्यालयबाट ५३ करोड ५१ लाख रुपैयाँ, कञ्चनपुर भन्सारबाट ५० करोड ७७ लाख रुपैयाँ, रसुवा भन्सारबाट ३८ करोड ८१ लाख रुपैयाँ, गौर भन्सार कार्यालयबाट ३७ करोड २ लाख रुपैयाँ, सुठौली भन्सार कार्यालयबाट २७ करोड ७६ लाख रुपैयाँ, जनकपुर भन्सारबाट २७ करोड ३० लाख रुपैयाँ, महेशपुर भन्सार कार्यालयबाट २० करोड २२ लाख रुपैयाँ आयात भएको छ । 

विभागका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट १७ करोड ६८ लाख ३० हजार रुपैयाँ, सत्तीबाट १७ करोड १७ लाख रुपैयाँ, भद्रपुर ११ करोड ७९ लाख रुपैयाँ, सिराहाबाट १० करोड ५२ लाख रुपैयाँ, राजविराजबाट ६ करोड ९० लाख रुपैयाँ, ड्राइपोर्ट भन्सारबाट ४ करोड १० लाख रुपैयाँ, ठाँडी भन्सार कार्यालयबाट १७ लाख ३१ हजार रुपैयाँ, पशुपतिनगर भन्सार कार्यालयबाट १ लाख २७ हजार रुपैयाँ र त्रिवेणी  भन्सारबाट ७४ हजार रुपौँ बराबरको वस्तु तथा सामान भित्रिएको छ ।

७२ अर्ब ७८ करोडको निर्यात 

भन्सार विभागका अनुसार तीन महिनामा १६ भन्सार कार्यालयबाट ७२ अर्ब ७८ करोड २८ लाख रुपयाँ बराबरको वस्तु बाहिरिएको छ । जसमध्ये सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

विरगञ्जबाट २६ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ निर्यात भएको छ । त्यस्तै विराटनगर भन्सारबाट ६१ अर्ब ६६ करोड २२ लाख रुपैयाँ, भैरहवा भन्सारबाट ७ अर्ब ४४ करोड रुपैयाँ, जलेश्वरबाट १ अर्ब ३८ करोड १५ लाख रुपैयाँ र मेचीबाट ४ अर्ब ८० करोड २५ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ । 

Share News