काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की सोमबार कमलपोखरीमा छठ पूजा गर्न जाने भएकी छन् । छठ पर्वको अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा पूजा हुने भएकाले कमलपोखरी क्षेत्रलाई विशेष रूपमा सजावट गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्कीले आज दिउँसो ४:१५ बजे कमलपोखरीमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी कमलपोखरी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।