प्रतिनिधि सभा विघटन मुद्दा प्रधानन्यायाधीश राउतको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट नयाँ सरकार गठन नहुने अवस्था सिर्जना भयो ।

फलस्वरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको हो ।
 

Share News