सरकारले माघ ११ लाई गर्‍यो राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार आगामी माघ ११ गते आइतबारका लागी निर्वाचन मिति तोक्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । छ वर्ष पहिलेको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुन २१ बाट सकिनेछ । राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाई सदस्यको कार्यकाल सकिन्छ ।

ति मध्ये १९ जनाको कार्यकाल फागुन २१ मा सकिँदैछ । कार्यकाल सकिन लागेका मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि फागुन २१ मा निर्वाचन हुनेछ ।

Share News