सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा एक हजार एक सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
 

Share News