नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी खनाललाई तेस्रो वरियता, केही नेता अलग्गिए

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन भृकुटीमण्डपमा जारी छ । जहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीचको एकता प्रक्रिया निर्णायक मोडमा पुगेको छ ।

बुधबार घोषणा हुँदै गरेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता दिने सहमति भएको छ । उक्त पार्टीमा पहिलो वरीयतामा पुष्पकमल दाहाल र दोश्रो वरीयतामा माधव कुमार नेपाल रहेका छन् ।

एकता अभियानको सबैभन्दा ठुलो दल माओवादी केन्द्रबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू अलग्गिएका छन् भने एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा सम्मेलनमा सहभागी भएका छन् । यद्यपि, एकीकृत समाजवादीका नेता घनश्याम भूसाल र रामकुमारी झाँक्री भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन्। 

Share News