काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिएको छ ।
मन्त्रालयले बिहीबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको हो ।
मन्त्रालयका अनुसार दैलेखको दुल्लु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदम बहादुर बुढा, बर्दियाको ठाकुरबाबा नगरपालिकामा मंगलबहादुर शाही, लमजुङको राइनस नगरपालिकामा राजेन्द्रप्रसाद पन्थीलाई सरुवा जिम्मेवारी दिइएको छ ।
त्यस्तै, रौतहटको देवाहीगोनाही नगरपालिकामा महमद शेरे मुस्ताफा, रौतहटकै राजदेवी नगरपालिकामा विकाउकुमार यादव, निजगढ नगरपालिकामा सूर्यप्रसाद गौतम, धनुषाको हंशपुर नगरपालिकामा ओमप्रकाश महतो, गलकोट नगरपालिकामा डम्बरबहादुर जिसी र दमक नगरपालिकामा सुनिल निरौलालाई सरुवा गरिएको छ ।