सूर्यज्योतिको मुगु र खजुरामा शाखा विस्तारसँगै सेवा सुभारम्भ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढीमा आफ्नो शाखा विस्तार गरेको छ । 

थप यी दुई शाखाहरूको विधिवत समुद्घाटन कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत फर्सुराम मरासिनीले गरेका हुन् । 

हाल सूर्यज्योतिले देशभरिका १७५ शाखा कार्यालयहरूमार्फत आफ्ना बीमितहरूलाई सेवा प्रदान गरिरहेको छ ।
                          
जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो आईएसओ ९००१-२०१५ सर्टिफाइड एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै आइरहेको छ ।  

Share News