सुनको मूल्य तोलामा २९ सयले बढ्यो, उतारचढावले लगानीकर्ता सशंकित

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । आइतबार तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिँदै आएका छन् । 

Share News