गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता,  बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत संलग्न

काठमाडौं । जेनजी आन्दोलनलगत्तै गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका सचिव माहादेव पन्थले सोमबार सो पार्टी (दल) दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गरेका हुन् । 

बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न रहेका छन् । नागरिकहरू मिलेर देश बनाउने उद्देश्यका साथ सो दल दर्ता गरिएको सो पार्टीका अध्यक्ष प्रसार्ईंले बताए । आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि स्पष्ट पारे । 

अध्यक्ष प्रसाईंले भने, ‘हामी व्यापारिक व्यवसायिक मात्रै होइनौँ । म आफैले पनि त्रिभूवन विश्वविद्यालयमा राजनीतिक समाजशास्त्र पढाएको १५ वर्ष भईसक्यो । अहिलेसम्म राजनीतिमा रोजगारीलाई प्रमुख एजेण्डा बनाइएन भन्ने विषयबाट चिन्तित भएर कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने हिसावले चिन्तितभएर विषत दुइ वर्षदेखि हामीले घनिभूत छलफल गरेका छौं । त्यसमा पर्यटन, कृषि, आइटी, शिक्षा, स्वास्थ्यको बारेमा घनिभूत छलफल गरेर हामीले पार्टी दर्ता गरेका छौँ ।

सो पार्टीको दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितको नेताहरु पुगेका थिए ।  पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताए । 

Share News