काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा करिब पाँच हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको हो । सोमबार सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ । सोमबार ३ हजार ६५ रुपैयाँ रहेको चाँदी मंगलबार ३ हजार १७० रुपैयाँमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य उच्च दरमा वृद्धि भएपछि यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ ।