आइएमई लाइफ इन्स्योरेन्सको नाफा १५ करोड ८३ लाख रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले असोजसम्ममा १५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले अघिल्लो आवको यही अवधिमा १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ९.१७ प्रतिशतले बढेको छ ।

कम्पनीका महाविपत्ति कोषमा २७ करोड ८६ लाख ४० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही समयमा कम्पनीको महाविपत्ति कोषमा २६ करोड २८ लाख रुपैयाँ थियो । पहिलो त्रैमाससम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ८६ करोड २६ लाख रुपैयाँ रहेको छ । 

अघिल्लो आवको यही अवधिमा रिटेन्ड अर्निङ ७२ करोड १७ लाख रपैयाँ थियो । त्यस्तै, कम्पनीको अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्युटीमा २३ करोड २ लाख रुपैयाँ थियो ।

तेस्रो त्रैमासमा  कम्पनीले कम्पनीले १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्पनीले असोजसम्ममा १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१.९६ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोषमा १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४०.८२ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको कुल सम्पत्ति २२ अर्ब १६ करोड २१ लाख ८६ हजार रुपैयाँ र सेयर पुँजी पाँच अर्ब रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.६७ रुपैयाँ, पीई रेसियो ३३.५६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३७.४१ रुपैयाँ रहेको छ । 

Share News