पूर्वगृहमन्त्री लेखकको दावी– स्थानहद र राहदानी रोक्का गरिएकोबारे जानकारी छैन

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकेको र राहदानी रोक्का गरेको विषयमा कुनै पनि औपचारिक जानकारी नदिएको दावी गरेका छन् । 

उनले सरकार वा कुनै पनि निकायले न त लिखित रूपमा न त मौखिक रूपमा सूचना दिएको जनाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारको निर्णयबारे बोल्दै कुन संविधान, कुन कानुन, कुन ऐनको कुन प्रावधानअनुसार यस्तो निर्णय गरियो भन्ने आजसम्म थाहा नपाएको बताए । 

उनले स्थानहद गर्ने वा राहदानी रोक्का गर्ने निर्णय किन र कति अवधिका लागि गरिएको हो भन्नेबारे पनि जानकारी नभएको स्पष्ट पारे ।

लेखकका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गर्ने निर्णय भएको कुरा आफूले समाचारका माध्यमबाट मात्र सुनेको दावी गरे ।

Share News