काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल (छविराज) जोशीको मुद्दा बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ ।
सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा परेको हो ।
बिहीबारका लागि तोकिएको पेशी एक नम्बर इजलासको क्रम सङ्ख्या एकमा रहेको उच्च अदालतले जनाएको छ । यसअघि कात्तिक २० गते सोही अदालतले मुद्दासम्बन्धी प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो । गत हप्ता पनि उक्त मुद्दाको सुनुवाइ न्यायाधीश आचार्य र अर्यालको इजलासमै भएको थियो ।