काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलाो त्रैमासमा कम्पनीले ७० लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको अघिल्लो आवको तुलनामा नाफा ३३.६६ प्रतिशतले बढेको छ ।
तीन महिनाको अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६३२ लाख ११ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिका कम्पनीको महाविपत्ति कोषमा २५ लाख ८५ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा २ करोड २१ लख ९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १ करोड ५८ लाख ८६ हजार रुपैयाँ थियो । त्यस्तै अन्य इक्युटीमा २ करोड १ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क १४१.९६ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क ११९.४५ प्रतिशतले बढी हो ।
७५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको अर्निङ पर शेयर ३.७८ रुपैयाँ, नेटवर्थ पर शेयर १०३.४१ रुपैयाँ र पिई रेसियो ५११.९३ गुणा रहेको छ ।