काठमाडौं । आईएमई मोटर्सले नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ को ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनरको रूपमा काम गर्ने भएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई मोटर्सको तर्फबाट डीजीएम सुशिल सुवेदीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार आईएमई मोटर्सले नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म हुने एनपीएलमा लेपावर र अशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअप र यातायात सुविधा उपलब्ध गराउने छन् ।
पावर पार्टनरको रूपमा लेपावरले सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि आवश्यक सेटअप, अपरेसन र लगातार रूपमा अनुगमन गर्नका लागि प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने छ ।
त्यसैगरी, ट्राभल पार्टनरको रूपमा अशोक लेल्यान्डले बस लगायतका सवारीसाधन उपलब्ध गराउने छ । इभेन्टसँग सम्बन्धित खेलाडी, अम्पायर ओसारपसार कार्यमा यी सवारी साधनको प्रयोग हुनेछ । यसका लागि अनुभवी ड्राइभरसमेत कम्पनीले उपलब्ध गराउने छ ।
आईएमई मोटर्सले उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्त्वपूर्ण योगदान दिने गरेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, अशोक लेल्यान्डका पिअकप देखि लाइट कमर्सियल भेइकल, हेभी ड्युटी ट्रक, विभिन्न मोडलका ट्रिपर, प्यासेन्जर र स्कुल बस लगायतका विभिन्न सवारीसाधन उपलब्ध छन् ।