डोंगफेङ नामीको नयाँ अत्याधुनिक शोरूम बिर्तामोडमा सञ्चालनमा

काठमाडौं । डोंगफेङ नामीका अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले बिर्तामोडमा नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । नेपालभर सञ्जाल विस्तार गर्ने र ग्राहकहरूको आवश्यकता र सुविधालाई थप प्रभावकारी बनाउने कम्पनीकाे अपेक्षा छ ।

उद्घाटन समारोहमा झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य बलराम थापाले प्रमुख अतिथिको भूमिका निर्वाह गरे भने एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, सञ्चारकर्मी, ग्राहक, स्थानीय व्यवसायी तथा उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बिर्तामोडको केन्द्रमा अवस्थित यो शोरूममा डोंगफेङ र सेरेसका अत्याधुनिक ईभी मोडेलहरूको अवलोकन, अनुभव तथा परीक्षण सवारी गर्ने सुविधा रहनेछ ।

ग्राहक अनुभवलाई प्राथमिकता दिँदै शोरूममा प्रशिक्षित कर्मचारीहरूको टोलीले व्यक्तिगत परामर्श, विस्तृत जानकारी तथा टेस्ट ड्राइभ सेवा उपलब्ध गराउनेछ, जसले कम्पनीको पूर्वी क्षेत्रमा उपस्थितिलाई अझ सबल बनाउने विश्वास गरिएको छ ।

शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि १ मंसिरसम्म बिर्तामोड–चारपानेस्थित डोंगफेङ नामी शोरूममा तीन दिने टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । क्याम्प अवधिमा ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी मोडेलहरू खरिद वा एक्सचेन्ज गर्ने सुविधा पाउनेछन् ।

यस समयमा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा तथा सेरेस ३ मा अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सकिनेछ । साथै ग्राहकहरूले एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन र बोनस पाउने छन् भने प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

Share News