काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सर्‍यो, मंसिर ४ गते बस्ने

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मिति परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा यसअघि २०८२ मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी परिवर्तन गरिएको पार्टीले जनाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिको उपस्थिति रहनेछ ।

केन्द्रीय कार्यसमितिका आवश्यक कामकारबाही तथा छलफललाई व्यवस्थित गर्न मिति परिवर्तन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Share News