काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव पाेखरेलले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गरे । सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै काम गर्न नसकेको समेत उनले बताए ।
'लोकतन्त्रमा चुनाव अनिवार्य हुने गर्दछ । अहिलेको सरकार के चुनाव गराउने बाटोतिर अघि बढिरहेको छ ? यो सरकार चुनाव गराउने बाटोतिर अघि बढिरहेको छैन', पाेखरेलले भने, 'भदौ २४ गते सबैभन्दा ज्यादा क्षति नेपाल प्रहरीले ब्यहोर्यो। प्रहरीका कार्यालयहरु सबै ध्वस्त गरिए । हतियार र गोलीगठ्ठा सबै लुटिए । प्रहरीको मनोबल कमजोर पारियो। अहिले सरकारले उनीहरुको मनोबल उठाउने काम समेत गर्न सकेको छैन ।’
महासचिव पोखरेलले सरकारले एमालेको कार्यक्रम गर्न समेत नदिने खालको षडयन्त्र गरिरहेको आरोपसमेत लगाए ।