काठमाडौं । बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल दुई लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १३५ रुपैयाँ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार तीन हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।