१५ प्रतिशत लाभांश बाँड्ने हिमालयनको घोषणा

काठमाडौं । हिमालयन क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको करसहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते काठमाडौंमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

हिमालयन बैंकको सहायक कम्पनीको रुपमा सञ्चालित क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवा ग्राहकलाई प्रदान गर्दै आइरहेको छ ।

Share News