गोलभेँडा प्रतिकिलो १२० रुपैयाँ, अरू तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विविध तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । 

समितिका अनुसार सोमबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (लोकल) ८५, गोलभेँडा सानो (टनेल) १०४, गोलभेँडा सानो (भारतीय) ११० र तराई गोलभेँडा १२० रुपैयाँ तोकिएको छ । आलु रातो ५०, रातो (भारतीय) ४५, आलु सेतो ४२ र प्याज (भारतीय) ३२ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

तरकारीतर्फ गाँजर (लोकल) १४०, तराई गाँजर १२०, बन्दा (लोकल) ६५, बन्दा (तराई) ५५ र काउली (लोकल) ६५, काउली (तराई) ६० कायम छ । सेतो मूला (लोकल) ३०, हाइब्रिड ४५ र भन्टा ५०–६० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने समितिले जनाएको छ ।

त्यस्तै तने बोडी १७५, मकै बोडी ६०, मटरकोसा १२०, घिउसिमी (लोकल १५०, हाइब्रिड १६०) र टाटेसिमी ११० कायम गरिएको छ । तिते करेला १५०, लौका ७०, परवर (१००–११०), घिरौला ११०, पाकेको फर्सी ३०, हरियो फर्सी ६०–७०, भिन्डी १४०, तरुल ८०, च्याउ २३०–३७०, कुरिलो १०००, ब्रोकाउली १३०, रातो बन्दा १०० रुपैयाँ तोकिएको छ ।

सागसब्जीमा रायो साग ७०, पालुङ्गो १८०, चमसुर १३०, तोरीको साग ६०, मेथी साग १५०, हरियो प्याज ६०, बकुला १४०, जिरी साग ५००, पार्सले ६५० र पुदिना ५५० पुगेको रुपैयाँ छ ।

फलफूलमा स्याउ (झोले) २००, फुजी २८०, केरा दर्जन १३०, कागती १००, अनार ३८०, सुन्तला (नेपाली) १००, तरबुजा ७५, जुनार २५०, नास्पाती (चाइनिज) २००, मेवा ९०, अम्बा ८०, स्ट्रबेरी ५००, सरिफा १८० र आभोकाडो २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ ।

 

Share News