काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्कोमा डोंगफेङ मोटरले आफ्नो पेरु अफिसको उद्घाटन गरेको छ ।
चाइना डोंगफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी (डीएफएमआईईसी) ले अफिस उद्घाटन गरेको हो ।
उद्घाटनमा कम्पनी र यसको डोंगफेङ अटोमोटिभ इन्टरनेसनल बिजनेस डिभिजनका डेपुटी जनरल म्यानेजर याङ ताओ, कम्पनीकै कमर्शियल भेहिकल ओभरसिज मार्केटिङ डिपार्टमेन्टका जनरल म्यानेजर लिउ सुएमिङ तथा पेरुका विभिन्न व्यावसायिक र प्यासेन्जर भेइकल पार्टनरहरू उपस्थित थिए ।
यसअघि पेरु रिजनल मार्केटिङ सेन्टरको टिमले बजारको विस्तृत अध्ययन, ग्राहकको आवश्यकताबारे अन्तर्वार्ता, बजारका विभिन्न वर्गहरूको विश्लेषण र बजार विकासका लागि रणनीति तयार पारेको थियो ।
हाइ(एण्ड जीएक्स ट्र्याक्टर, केसी डम्प ट्रक र केआर कार्गो ट्रक पहिले नै पेरुको मुख्य व्यावसायिक भेइकल माग पूरा गर्न भित्र्याइएका छन् ।
डीएफएमआईईसी आधिकारिक रूपमा पेरुमा दर्ता भइसकेको छ र यसले स्थानीय टिम विस्तार गरिरहेको छ ।
अब ओभरसिज मार्केटिङ टिमले पेरुलाई केन्द्र बनाएर छिमेकी दक्षिण अमेरिकी देशहरूका ग्राहकलाई सेवा दिनेछ ।
साथै यांग ताओ र टिमले पेरुका डिलर सान बार्तोलोमको लिमामा रहेको नयाँ डोंगफेङ कमर्शियल भेइकल फ्ल्यागशिप स्टोरको उद्घाटन समारोहमा पनि भाग लिएका थिए ।