‘होन्डा अल न्यु सीआर-भी’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा ‘होन्डा नयाँ सीआर–भी’ को बिक्री–वितरण औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले ग्राहकहरूको बढ्दो चाहना र मागलाई ध्यानमा राख्दै यो नयाँ मोडेल प्रस्तुत गरेको हो ।

कम्पनीका अनुसार यो गाडीमा अत्याधुनिक प्रविधि र विलासी सुविधाहरू रहेका छन् । यसमा १.५ लिटर क्षमताको पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ । 

गाडीको भित्री संरचना (इन्टेरियर) र सुविधामा विशेष ध्यान दिइएको छ । वेलकम सिट, पूर्ण एलईडी बत्ती तथा पानोरामिक सनरुफ जस्ता सुविधाले यात्रालाई सन्तोषजनक बनाउँछन् । साथै, चालक र यात्रुको स्वास्थ्यलाई मध्यनजर गर्दै यसमा प्लाज्मा क्लस्टर वायु–शुद्धिकरण प्रविधि प्रयोग गरिएको छ। गाडीमा १० वटासम्मका सुरक्षा एयरब्याग व्यवस्था गरिएको छ ।

२१० एमएम ग्राउन्ड क्लिअरेन्स भएकाले नेपालको कच्ची तथा उकालो–ओरालो सडकमा पनि यो उत्कृष्ट रूपमा चल्न सक्छ । यसमा १०.२ इन्चको स्पर्श–स्क्रिन (टच डिस्प्ले), चालकको सम्झना सिट (ड्राइभर मेमोरी सिट) तथा १२ वटासम्मका बोस प्रिमियम स्पिकरहरू जडान गरिएको छ, जसले फरक अनुभव दिन्छ ।

सुरक्षाका लागि यसमा उन्नत चालक–सहयोग प्रणाली स्तर–२ जडान गरिएको छ, जसले यात्रा अझ सुरक्षित बनाउँछ। यो गाडी ७ सिट क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि उपयुक्त विकल्प मानिन्छ ।

कम्पनीका अनुसार, उनीहरू नेपाली ग्राहकहरूलाई अत्याधुनिक प्रविधि र सुविधायुक्त गाडी उपलब्ध गराउन निरन्तर प्रतिबद्ध छन् । ‘होन्डा नयाँ सीआर–भी’ ले नेपालमा विलासी (लक्जरी) तथा उच्च प्रदर्शन (पर्फर्मेन्स) सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ ।

यो गाडी कालो, सेतो, नीलो र चाँदी (सिल्भर) गरी चार आकर्षक रङमा उपलब्ध हुनेछ । अनुभव लिन तथा परीक्षण यात्रा (टेस्ट राइड) गर्न इच्छुक ग्राहकहरूले ललितपुरको धोबिघाटस्थित होन्डा शोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

Share News