काठमाडौं । सिटि होटलको कटअफ मूल्य निर्धारण गरिएको छ । होटलले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य अधिकतम ४३६ रुपैयाँ निर्धारण भएको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक समूहको सेयरको कटअफ मूल्य प्रतिकित्ता २५१ रुपैयाँ, कर्मचारीतर्फको लकईनमा रहेको सेयरको प्रतिकित्ता ३०६.१० र सर्वसाधारण समूहतर्फको लकईनमा नरहेको सेयरको प्रतिशत ४३६ रुपैयाँ निर्धारण भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाको छ ।
सिटि होटलले गत कात्तिक २३ गतेदेखि कात्तिक ३० गतेसम्म २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीतर्फको लकईनमा ६ हजार कित्ता र सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता थियो ।
प्राप्त शिलबन्दी बोलपत्र मंसिर ५ गते खोली मंसिर ११ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको जनाएको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर बापतको रकम मंसिर १२ गते शुक्रबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत मार्फत रकमान्तर गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।