बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

गण्डकी । काठमाडौंबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।     

पोखरा विमानस्थलमा अवतरणका क्रममा शनिबार दिउँसो ३:४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।     

चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।
 

Share News