विजय लघुवित्तले ४ लाख ६६ हजार कित्ता एफपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विजय लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति दिएको हो । 

बोर्डले मंसिर १४ गते लघुवित्तलाई अनुमति दिएको जनाएको छ ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरमा ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गर्नेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । 

Share News