काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ८.५० प्रतिशतका दरले हुन १५ करोड ३० लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ६ गते रजिष्टर्ड कार्यालय तिनकुने, काठमाडौंमा दिउँसो ३ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै, आधारभुत सेयरधनी वा संचालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।