सिङ्गापुरको स्कूल नीति बदलिँदै, स्मार्ट फोन र स्मार्टवाच प्रयोग गर्न नपाउने

काठमाडौं । सिङ्गापुर सरकारले सन् २०२६ जनवरीदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय समयभर स्मार्ट फोन र स्मार्टवाच प्रयोग गर्न नपाउने नयाँ नीति लागू गर्ने घोषणा गरेको छ । पहिले लागू भएको नियम अनुसार विद्यार्थीहरूले केवल कक्षाको समयमा मात्र स्मार्ट फोन प्रयोग गर्न पाउँथे ।

शिक्षा मन्त्रालयले आइतबार घोषणा गर्दै, यो कदम विद्यार्थीहरूमा स्वस्थ स्क्रिन प्रयोग बानी प्रवर्द्धन गर्न र उनीहरूको सुधार्न उठाइएको कदम रहेको जनाएको छ ।

नयाँ नियम अनुसार, विद्यार्थीहरूले आफ्नो मोबाइल र स्मार्टवाचलाई विद्यालयले तोकेको सुरक्षित स्थान वा स्कुल ब्यागमा राख्नुपर्नेछ । यद्यपि, आवश्यक परेमा विद्यालयले विशेष परिस्थितिमा छुट दिन सक्नेछ ।

मन्त्रालयका अनुसार,विद्यार्थीहरूमा अत्यधिक स्क्रिन प्रयोगले सुत्ने समय, शारीरिक गतिविधि र परिवार तथा साथीहरूसँगको सामाजिक अन्तरक्रियामा बाधा पुर्याउने देखिएको छ । यसले उनीहरूको समग्र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ ।

शिक्षक र अभिभावकहरूका अनुसार, यस कदमले विद्यार्थीहरूलाई बढी ध्यान केन्द्रित गर्ने, शारीरिक गतिविधिमा संलग्न हुने र सामाजिक सम्बन्धमा सुधार ल्याउने अवसर दिनेछ ।

Share News