काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ४९औँ वार्षिक साधारण सभा आगामी पौष ९ गते ललितपुरस्थित दि प्लाजामा गर्ने भएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौ १९ गते बसेको २२औँ तथा मंसिर १५ गते बसेको २४औँ केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयका आधारमा साधारण सभा बोलाइएको हो ।
नाडाले जारी गरेको विज्ञप्तिमा महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहित पौष ९ गते बुधबार साधारण सभा आह्वान गरिएको उल्लेख छ । संस्थाका अनुसार साधारण सभाका तयारीहरू अन्तिम चरणमा पुगेका छन् ।