काठमाडौं । एनभीडीयाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का नयाँ ‘रिजनिङ’ (तर्क–आधारित) प्रविधि प्रयोग गरेर स्वचालित सवारीसाधन विकासलाई तीव्र बनाउने उद्देश्यले नयाँ खुला स्रोत सफ्टवेयर सार्वजनिक गरेको छ ।
एनभीडीया अहिले विश्वकै सबैभन्दा धेरै मूल्यवान कम्पनी बनेको छ, किनकि यसको चिपहरू एआई विकासको मुख्य प्रवाहमा पुगेका छन् । तर कम्पनीले खुला स्रोत एआई कोड सार्वजनिक गर्ने ठूलो सफ्टवेयर अनुसन्धान इकाइ पनि सञ्चालन गर्छ, जसलाई पलान्टिर टेक्नोलोजीजजस्ता कम्पनीहरूले अपनाउन सक्छन् ।
सोमबार एनभीडीयाले स्वचालित सवारीसाधनहरूका लागि अल्मायो– आरवान सार्वजनिक गर्यो । यो सफ्टवेयरलाई ‘भिजन–ल्याङ्गवेज–एक्सन’ एआई मोडेल भनिन्छ, जसको अर्थ सवारीसाधनका सेन्सरहरूले सडकमा देखेको दृश्यलाई प्राकृतिक भाषामा वर्णनमा रूपान्तरण गर्छ ।
पेरुको कठिन आरोहणका लागि चिनिने एक डाँडाको नामबाट राखिएको अल्मायो मोडेलको विशेषता भनेको यसले आफ्नो बाटोको योजना बनाउँदा आफैसँग ‘निकै सोच्ने’ अर्थात् ‘थिंक–अलाउड’ क्षमता राख्छ ।
उदाहरणका लागि यदि कारले साइकल लेन देख्यो भने यसले लेन देखेको र आफ्नो मार्ग समायोजन गर्दै गरेको विवरण आफैलाई बताउँछ ।
पहिलेका धेरै स्वचालित सवारी सफ्टवेयरहरू कारले किन मार्ग रोज्यो भन्ने विषयमा सीमित व्याख्या दिन्थे, जसले इन्जिनियरहरूले समस्या पहिचान गर्न र सुरक्षित बनाउन कठिन पार्थ्यो ।
यसलाई खुला (ओपन–सोर्स) बनाउने प्रमुख उद्देश्यहरूमध्ये एक भनेको विकासकर्ता र अनुसन्धानकर्ताहरूले यी मोडेलहरू कसरी काम गर्छन् भन्ने बुझून् र उद्योगका रूपमा हामीले मूल्यांकनका साझा मानकहरू विकास गर्न सकौं भन्ने हो,’ स्वचालित सवारीसाधन सिमुलेशनका उत्पादन मार्केटिङ प्रबन्धक केटी वासाबघले रोयटरसँग भनिन् ।