एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौतापश्चात बैंकका ग्राहकले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सकिने भएको हो ।

ईएनटी र जनरल सर्भिसअन्तर्थत ओपीडीमा २० प्रतिशत तथा इन्भेस्टिगेसनमा १० प्रतिशत छु्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै आँखाको उपचार गर्दा ओपीडी जनरलमा २० प्रतिशत, अपरेशन चार्ज सर्जरी प्याकेज तथा इन्भेस्टिगेसनमा ५ प्रतिशत, ल्याबोरेटरीमा १० प्रतिशत र अप्टिकल प्रडक्टमा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ । 

यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
 
उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Share News