नेपाल पुनर्बीमाको नाफामा ८.५० प्रतिशत गिरावट, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब १३ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ८.५० प्रतिशत घटेको देखिन्छ । 

गत वर्ष कम्पनीले ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

गत असारसम्ममा कम्पनीले ७ अर्ब ५४ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ७६ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । 

गत वर्ष कम्पनीले १२ अर्ब ९० करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेर ११ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब २८ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेर अर्ब ६६ करोड ८४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । 

चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको विशेष जगेडा कोषमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ८.४३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्षका असारसम्म ७.७१ रुपैयाँमा सीमित छ । कम्पनीको मूल्य आम्दानी अनुपात १६३.३४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५२.९४ रुपैयाँ छ ।

Share News