एमएडब्लू अर्थमुभर्सको देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडौं । नेपालमा जेसीबीका अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रालिले देशभर ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ । सन् २०२० र त्यसअघि बिक्री भएका जेसीबी मेसिन लक्षित अभियान नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार योग्य जेसीबी धनीहरूले तालिमप्राप्त प्राविधिकमार्फत आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन् । यसले मेसिनमा देखिन सक्ने सम्भावित समस्या पहिचान गर्न र भविष्यमा अझ सुरक्षित तथा भरपर्दो सञ्चालन सुनिश्चित गर्न मद्दत गर्नेछ ।

ग्राहकलाई थप सुविधा स्वरूप एमएडब्लू अर्थमुभर्सले जेन्युइन जेसीबी लुब्रिकेन्ट तथा स्पेयर पार्ट्समा १५ प्रतिशत छुट तथा अधिकृत वर्कसपमा सर्भिस र मर्मतमा विशेष छुट प्रदान गर्ने जनाएको छ ।

कम्पनीले यो अभियान देशभरका १२ वटा जेसीबी शाखामार्फत सञ्चालन गर्नेछ । धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, वीरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडस्थित शाखाबाट ग्राहकले नजिकै बसेर सेवा लिन सक्नेछन् ।

एमएडब्लू अर्थमुभर्सले सबै योग्य जेसीबी मालिकहरूलाई मेसिनको दीर्घायु, सुरक्षा र उत्कृष्ट प्रदर्शनका लागि क्याम्पेनको लाभ उठाउन आग्रह गरेको छ ।

Share News