काठमाडौं । एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहकलाई सेवा पुर्याउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस उपलब्धिले एक्साइड ब्याट्री सेवाको इतिहासमै एउटा उल्लेखनीय माइलस्टोन स्थापित गरेको छ ।
सन् २००७ फेब्रुअरीमा सुरु भएको एक्साइड ब्याटमोबाइलले सुरुका दिनमा मासिक जम्मा २७ वटा कल मात्र पाएको थियो । तर समयसँगै सेवा दायरा बढ्दै गएपछि हाल दैनिक २८ भन्दा बढी ग्राहकले यस सेवामार्फत सहयोग प्राप्त गर्दै आएका छन् । सेवा सुरु भएको दिनदेखि अविराम रूपमा निरन्तर सञ्चालनमा रहने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
कम्पनीले एक्साइड ब्याटमोबाइल सेवालाई 'लाइक एन अनबिटेबल किङ्ग अफ ब्याट्री' भनेर परिभाषित गरेको छ । नेपालकै नम्बर एक ब्याट्री ब्रान्डको दाबी गरिएको एक्साइड सिप्रदी ट्रेडिङ प्रालिको सुपरभिजनमा सञ्चालन हुँदै आएको छ । ग्राहकहरूका अनुसार नेपालमा पूर्ण रूपमा निःशुल्क प्रदान गरिने यो एक मात्र ब्याट्री सेवा हो, जसले गर्दा यसप्रति विश्वास र आकर्षण बढ्दै गएको कम्पनीले उल्लेख गरेको छ ।
सुरुवाती चरणमा चार टेक्निसियन, दुई ड्राइभर, एक टेक्निसियन कम ड्राइभर र एकको अर्डिनेटरसहित सञ्चालित सेवाले मारुती सुजुकी ओमनी भ्यानमार्फत काठमाडौं उपत्यकाभित्र बिहान ६ बजेदेखि राति ९ बजेसम्म निरन्तर सेवा उपलब्ध गराउँदै आएको थियो। टेकु शोरुमबाट सुरु भएको सेवा पछि पचली भैरवस्थित एक्साइड केयर सेन्टरमा स्थानान्तरण भयो र अहिले बागडोल एक्साइड केयर सेन्टरबाट सञ्चालन भइरहेको छ।
कम्पनीले २०१६ फेब्रुअरीदेखि स्कुटरमार्फत पनि सेवा विस्तार गरेको र हाल देशभरका ११ शाखाबाट एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको जनाएको छ । काठमाडौंसँगै पोखरा र नारायणघाट क्षेत्रमा पनि सेवा माग तीव्र रूपमा बढिरहेको कम्पनीको भनाइ छ ।
एक्साइड ब्याटमोबाइल सेवा कार, एसयूभी तथा ईभी ट्याक्सीका लागि निःशुल्क स्टार्ट सेवा उपलब्ध गराउँदै आएको छ । 'हेल्प अन द वे, एनीटाइम—एनी ब्याट्री' नाराका साथ वर्षभरि ३६५ दिन सेवा सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।
५० हजार सेवा कलको उपलब्धिलाई कम्पनीले अत्यन्तै महत्वपूर्ण सफलता मान्दै वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीको मार्गदर्शन र योगदानप्रति आभार प्रकट गरेको छ ।