काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ ।
मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।