सन नेपाल लाइफको नारायणी क्षेत्रमा तीन शाखाको स्थान्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्रअन्तर्गत रहेका तीन शाखाको स्थानान्तरण सम्पन्न गरी नयाँ संरचनायुक्त कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले टाडि शाखा (रत्ननगर–टाडि २), भरतपुर शाखा (भरतपुर–३, शहीद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर–१८) गरी तीन शाखालाई आधुनिक सुविधायुक्त स्थानमा सारेर औपचारिक रूपमा कार्य सुरु गरेको हो ।

नयाँ कार्यालयमार्फत विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । स्थानान्तरण उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, सम्बन्धित शाखा प्रबन्धक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्याउन संरचनागत सुदृढीकरण अनिवार्य भएको बताउँदै, शाखा स्थानान्तरण ग्राहक–मैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए । त्यस्तै, प्रमुख बजार अधिकृत चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटल अभिलेख प्रणाली र सहज मार्गदर्शन जस्ता सुधारहरूले ग्राहक सन्तुष्टि वृद्धि हुने विश्वास व्यक्त गरे ।

कम्पनीले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै आएको जनाएको छ ।

Share News