शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा १०औँ साधारण सभा सम्पन्न भएको हो ।

सभाले सेयरधनीलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै अब कम्पनीले सेयरधनीहरुलाई २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो ।

बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ ।

पुँजीमा भएको वृद्धि आगामी वर्षका लागि उत्पादन तथा व्यवसाय विस्तार योजनामा उपयोगी हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।

Share News