काठमाडौं । साहस उर्जाको साधारण सभाले लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको मंसिर २४ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले २२.१० प्रतिशत लाभांश र १ सय प्रतिशत हकप्रद सेयर प्रस्ताव पारित गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँको २१ प्रतिशतका दरले ७९ करोड ३८ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.१० प्रतिशतका दरले ४ करोड १७ लाख ७८ हजार रुपैयाँ नगद गरी कुल २२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
सभाले बोनस सेयर प्रस्ताव पारित गरेपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । साथै कम्पनीले उक्त चुक्ता पुँजीको १ सय प्रतिशत अर्थात् १:१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।
साथै सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधनका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ । यस्तै, संचालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आव २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गरेको छ ।